22.7 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

ललितपुर महानगरद्धारा ६० हजार घर नम्बर वितरण

काठमाडौं । ललितपुर महानगरपालिकाले घर नम्बर वितरण गरेको छ । भौगोलिक सूचना प्रणाली ९जीआईएस०का अधिकृत उद्धव कार्कीका अनुसार ६० हजार ९ सय ८८ घरधुरीलाई घर नम्बर वितरण भएको हो ।

महानगरले एकल बसोबास, संयुक्त आवास, बहुतले आवास, व्यावसायिक भवन, कार्यालय तथा संस्था, मठमन्दिर लगायतलाई घर नम्बर दिएको हो । ‘महानगरमा अब बन्ने नयाँ घर र भवनको मात्रै घर नम्बर दिन बाँकी छ, भएका सबैलाई दिएका छौं, यसमा कच्ची घर, टहरा, गोठ लगायत पर्दैन,’ कार्कीले भने ।

सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणाली हेर्ने पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले सडक सञ्जालमा आधारित घर नम्बर वितरण सकिएको बताए । सडक सञ्जाल तथा मेट्रिक प्रणालीमा आधारित घर नम्बर वितरण गर्नका लागि महानगरको क्षेत्रफललाई ५ वटा क्षेत्रमा विभाजन गरेर काम गरिएको उनले बताए ।

महर्जनकाअनुसार महानगरभित्र मुख्य, साना र गल्ली गरेर ९ हजार ९२० वटा सडकहरु छन् । जसमध्ये १ हजार २८५ वटा मुख्य सडक छन् । २० वटा सडकहरुको नाम राख्न बाँकी नै रहेको छ । सडक सञ्जालको नामाकरण गर्दा स्थानीय प्रचलित नामलाई प्राथामिकता दिएको छ । विभूतिको नाम, सांस्कृतिक नामहरु र चलनचल्तीका नामलाई प्राथामिकता दिएको महानगरले जनाएको छ ।

सडक सञ्जालमा आधारित घर नम्बर लागू गर्दा सडकको मुख्य चोकबाट दायाँतर्फ जोर नम्बर र बायाँतर्फ बिजोर नम्बर प्रदान गरिएको महानगरले जनाएको छ । सडक सुरु विन्दुबाट नाप्न सुरु गरी घरको मूल गेटसम्मको दुरी जति हुन्छ, त्यसकै आधारमा नम्बर वितरण गरिएको महानगरले जनाएको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले घर नम्बर वितरण गर्न महानगरले धेरै लगानी गरेको बताउँदै यो योजनाबाट महानगरवासी लाभान्वित हुने विश्वास व्यक्त गरे । घर नम्बर वितरणले राजस्व संकलनमा सहज हुने भएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स