22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

सुरक्षित नागरिक आवासका लागि सम्झौता गर्न गाउँमै पुग्यो चौरजहारी नगरको टोलि

रुकुमपश्चिम। रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले गाउँमै पुगेर नागरिकको घर बनाउने सम्झौताको थालनी गरेको छ । नगरपालिकाले सञ्चालन गरेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत छनौट भएका लाभग्राहीहरुको सहजताका लागि वडामै गएर सम्झौताको सुरुवात गरेको नगरपालिकाले जनाएको छ ।

चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख शेरप्रसाद ढकालले नगरपालिका –१४ मा पुगेर कार्यक्रम कार्यान्वयनका लागि सम्झौताको सुरुवात गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयनका लागि छनौट भएका १४ नम्वर वडाका ४७ घरपरिवारमध्य ४२ घरपरिवारसँग सम्झौता गरिएको छ । नगर कार्यपालिकाको कार्यालयबाट खटिएको टोलीले निरन्तर अन्य वडामा पुगेर सम्झौताको काम गर्ने बताइएको छ ।

निमित्त प्रमुख प्रशासकिय अधिकृत ढकालले वडा सिफारिस, फोटो प्रिन्ट, प्राविधिक लागत इस्टिमेट, सम्झौता, बैंक खाता सञ्चालन लगायतका सेवाहरू गाउँमै पुगेर एकै ठाउँबाट प्रदान गरिएको बताउनुभयो । टोलीले ४२ घरपरिवारसँग कार्यक्रम कार्यान्वयनको सम्झौता र ३६ जना लाभग्राहीको बैंक खाता समेत सञ्चालन गरेको छ ।

चौरजहारी नगरपालिका प्रमुख पुष्प बादीले नगरपालिकाले अघि सारेको सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत यस वर्ष २३० वटा घर खरका छानामुक्त बनाउन लागेको बताउनुभयो । उहाँले पानी चुहिने, हावाहुरी र आगलागीको जोखिममा रहेका नागरिकका घर छनौट गरेर टिनको छाना राख्न लागेको जानकारी दिनुभयो । यस कार्यका लागि नगरपालिकाले एक घरलाई ५० हजार रुपियाँ सहयोग गर्ने बताइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स