22.3 C
Kathmandu
Monday, August 11, 2025
spot_img

चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौं । आगामी १० वैशाखमा चितवन-२ मा हुने उपनिर्वाचनमा १८ दल सहभागी हुने भएका छन् ।

निर्वाचन आयोगले आह्वान गर्दा तोकिएको समयभित्र १८ दल दर्ता भएका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दर्ता भएका दलहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

दर्ता भएका दलहरुलाई आयोगले चुनाव चिह्न पनि प्रदान गरेको छ । १० वैशाखको उपनिर्वाचनमा गत ४ मंसिरको चुनावमा दलहरुले समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरिएको र त्यही आधारमा मतपत्रमा नाम राखिने पनि आयोगले जनाएको छ ।

आयोगले प्रकाशन गरेको दल दर्ताको सूची :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स