21.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

प्रयोगमा नआउँदै रारा तालको १८ लाखको मोटरेबल डुङ्गा बेवारिसे

मुगु । नेपालको ठुलो ताल  रारामा लाखौँ मूल्यको मोटरेबल डुङ्गा बेवारिसे परेको छ । ताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई तालमा डुलाउँदै मनोरन्जन गराउनका लागि ल्याइएको उक्त डुंगा किनारमै बेवारिसे फालिएको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयले गत आव २०७८।२०७९ मा १८ लाख मूल्यमा खरीद गरी ल्याएको मोटरेबल रातो डुङ्गा प्रयोगमा नआउँदै ३ ठाउँमा मुसाले प्वाल पारेको हुँदा अहिले झन काम नलाग्नेगरी फालिएको छ ।

७ महिना अघि रारा राष्ट्रिय निकुञ्ज कार्यालयका तत्कालीन प्रमुख बद्रीविनोद दाहालले खरिद गरेको डुङ्गा हालसम्म प्रयोगमा आएको छैन । हालका निकुन्ज कार्यालय प्रमुख विश्व बाबु श्रेष्ठको पालामा प्रयोगमा ल्याउन खोज्दा शिलबन्दी रहेको डुङ्गामा ३ ठाउँमा मुसाले प्वाल पारेको जस्तो देखीन्छ । मर्मत गर्नको लागि बर्दियाबाट मान्छे झिकाएर काम गर्दा पनि सन्चालनमा नआएको हँुदा अहिले प्रयोगविहीन रहेको छ ।

रारामा रहेका ८ वटा डुङ्गामध्ये ६ वटा रवरका डुङ्गा प्रयोगमा आएका छन् भने एक रबरको डुङ्गा बिग्रेको छ । गत आवमा खरीद गरी ल्याएको मोटरेबल डुङ्गा कार्यालयभित्र थन्किई राखेको रहेछ । रु १८ लाखमा खरीद गरिएको डुङ्गा प्रयोगविहीन भएको हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स