30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

चुनावमा खर्च विवरण नबुझाउने ३ हजार बढीलाई ४ लाख ५० हजार जरिवाना

काठमाडौं । निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने, ढिलो गरी बुझाउने नगर प्रमुख तथा उपप्रमुखका उम्मेदवारलाई जनही ४ लाख ५० हजारका दरले जरिवाना गरेको छ ।

खर्च बिवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई स्पष्टीकरण सोधिएको र सो चित्तबुझ्दो नभएपछि देशभरका ३ हजार ७ सय ५६ नगर प्रमुख÷उपप्रमुखका उम्मेदवार जरिवानामा परेका हुन् ।

आयोगले एक सूचना निकालेर जरिवानामा परेका उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनाव खर्चको विवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई गत साउन ३१ गते स्पष्टीकरण सोध्ने निर्णय गर्दै भदौ १ गते १ हप्ताको समय दिएर स्पष्टीकरण मागेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स