23.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

समानुपातिक निर्वाचनका लागि शुक्रबारबाट दल दर्ता

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहाने राजनीतिक दललाई निवेदन पेश गर्न आव्हान गरेको छ । आगमी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दललाई निवेदन दिन आव्हान गरेको हो ।

निर्वाचन आयोगले जारी गरेको सार्वजनिक सुचना अनुसार १० भदौ देखी १२ भदौ सम्म समानुपातिक तर्फको निर्वाचनमा भाग लिनका लागि दल दर्ता गरिसक्नु पर्नेछ । आयोगका अनुसार समानुपातिक तर्फको निर्वाचनमा भाग लिन चाहाने राजनीतिक दलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिनु पर्नेछ ।

आयोगले गत साउनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न आव्हान गर्दा ८७ दलले निर्वाचन आयोगमा दल दर्ता गराएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स