29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

काठमाडौं महानगरले हटाउन थाल्यो अण्डरग्राउण्ड पार्किङका पसल

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा अन्डरग्राउण्ड पार्किङमा राखिएको पसल एवं अन्य संरचना हटाउन सुरू गरेको छ । बानेश्वर क्षेत्रमा नगर प्रहरीले ट्राफिक प्रहरीको सहयोगमा त्यस्ता पसलहरू हटाउन निर्देशन दिइरहेका छन् । सोक्रममा बानेश्वर प्लाजाको अण्डरग्राउण्ड पार्किङका पसल खाली गराइएको छ ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो । ३५ दिने म्याद सकिएसँगै महानगर आजदेखि स्थलगतरूपमा कारबाहीमा उत्रिएको हो ।

साउन तेस्रो साता मेयर बालेन्द्र साह अन्डरग्राउण्ड पार्किङमा राखिएको व्यापार हटाउन निर्देशन दिएका थिए । आज अवलोकन गरी कुनै संरचना हटाउन अटेर गरेको पाइए तत्काल कारबाही थालिने महानगरले जनाएको छ ।

आइतबार काठमाडौं महानगरका मेयर साहले काठमाडौं उपत्यका प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० रवीन्द्रबहादुर धानुक र ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक ९डिआईजी० मिरा चौधरीसँग छलफल समेत गरेका छन् । राष्ट्रिय सभागृह भृकुटीमण्डपमा छलफल भएको हो । नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स