24.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

सिलीचोङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम परिमार्जन गर्ने

संखुवासभा । सिलीचोङ गाउँपालिकाले स्थानीय पाठ्यक्रम परिमार्जन गर्ने भएको छ । पालिकाले कक्षा १ र २ को स्थानीय पाठ्यक्रम परिमार्जन गर्न लागेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष देविता कुलुङका अनुसार कक्षा १ र २ को स्थानीय पाठ्यक्रम समयअनुसार परिमार्जन गर्नुपर्छ । त्यसैले आर्थिक वर्ष /को नीति तथा कार्यक्रमबाट पाठ्यक्रम परिमार्जन गर्न लागेको उपाध्यक्ष कुलुङले बताइन् । पालिकाको नीति तथा कार्यक्रममा सो योजना अगाडि सारिएको हो ।

गाउँपालिकामा ३७ वटा विद्यालय छन् । तीमध्ये २४ वटा विद्यालयमा स्थानीय पाठ्यक्रमको रुपमा कुलुङ भाषाको पढाइ भइरहेको उनको भनाइ छ । उपाध्यक्ष कुलुङका अनुसार हाल कक्षा ६ सम्म स्थानीय पाठ्यक्रम पठनपाठनको काम भइरेहको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स