काठमाडौँ । टोखा नगरपालिकाको वडा नं ३ का विभिन्न स्थानमा वृक्षारोपण गरिएको छ । नगरपालिकाका प्रमुख प्रकास अधिकारिको सक्रियतामा नगरपालिका भित्र रहेका सार्वजनिक स्थलहरुको संरक्षण गर्ने हेतुले वृक्षारोपण गरिएको हो ।
वृक्षारोपण गरिसकेपछि संचारकर्मीसँगको कुराकानिमा नगरप्रमुख अधिकारिले सार्वजनिक सम्पति सबै जनताको भएको र आफु यसको संरक्षणमा पुर्ण बफादार रहेको बताउनुभयो । नगरपालिकाको निति तथा कार्यक्रममै सार्वजनिक सम्पतिको संरक्षण गर्ने कुरा उल्लेख गरेको अवगत गराउँदै उहाँले नगरपालिकाभित्र रहेका अन्य सार्वजनिक स्थलको पहिचान गरि यसको संरक्षण गर्न एकजुट हुने बताउनुभयो ।
यस्तै उपप्रमुख मुरारी तामांगले पनि सार्वजनिक सम्पतिको संरक्षण अपरिहार्य रहेको बताउँर्दैै नगरलाई हरियालि नगरको रुपमा विकास गर्न लागिपर्ने बताउनुभयो । यता प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकले सार्वजनिक सम्पतिको संरक्षणमा नगरपालिका तथा जनप्रतिनिधिले देखाएको तत्परताप्रति खुसि व्यक्त गर्नुभयो । यसका लागि राज्यले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
वृक्षारोपण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रकास अधिकारि, उप प्रमुख मुरारी तामांग, प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठक लगायतको उपस्थीती रहेको थियो । टोखा नगरपलिकाले सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि वृक्षरोपण गर्ने, खेल मैदान बनाउने, मठमन्दीर तथा सार्वजनिक भवन बनाउने, विभिन्न पार्क निर्माण गर्ने लगायतका काम गर्दैै आएको छ ।