22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

काठमाडौं उपत्यकामा एकैदिन २७ सय बढी सवारी चालकमाथि कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४८ जना सवारी चालकलाई कारवाही गरेको छ ।

ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा १४७ जना मादक पदार्थ सेवन  गर्ने, लेन अनुशासन पालना नगर्ने ६६ जना, रेड लाइटमा सवारी चलाउने ११६ जना र नम्बर प्लेट स्पष्ट देखिने गरी नराख्ने ४६ जना सवारी चालक रहेका छन् ।

२ हजार ३७३ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स