धनगढी । कैलालीको धनगढी उप–महानगरपालिका-१२ का वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपमहानगरपालिका-१२ जुगेडाबाट वडा अध्यक्ष शेरबहादुर महरालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यलय कैलालीले नियन्त्रणमा लिई उनलाई जिल्ला अदालत कैलालीमा पेस गरेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
चेक अनादर मुद्दामा कैलाली जिल्ला अदालतले वडा अध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन भनेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
वडा अध्यक्ष महरालाई अदालतमा उपस्थित गराउन पत्र आएको र सोही पत्रका आधारमा प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिए । कृष्णकुमार राना वादीले वडाध्यक्ष महराविरुद्ध मुद्दा दायर गरेका थिए ।