काठमाडौँ । अबदेखि काठमाडौं महानगरपालिकाभित्र कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्ने भएको छ । महानगरले आज अर्थात साउन १ गते देखि फोहोरको वर्गीकरण गरी राख्नका लागि यसअघि नै सूचना जारी गरिसकेको छ ।
काठमाडौं उपत्यकाको अन्य पालिकामा पनि आजैदेखि कुहिने र नकुहिने फोहोरलाई अलग अलग राख्नुपर्ने भएको हो । महानगरका अनुसार, अब घर, कार्यालय र कलकारखाना लगायतबाट निस्कने कुहिने र नकुहिने फोहोरलाई अलग अलग भाँडोमा संकलन गरेर सवारीसाधनसम्म ल्याउनुपर्नेछ ।
आइतवार र बुधवार कुहिने फोहोर उठ्नेछ भने सोमवार र शुक्रवार नकुहिने फोहोर संकलन गर्ने महानगरले जनाएको छ । यदी फोहोरको वर्गिकरण नगरी फोहोर बोक्ने गाडीसम्म लगिएमा फोहोर फिर्ता लैजानुपर्ने र कारबाहीस्वरूप नगद जरिवाना समेत तिर्नुपर्नेछ ।
महानगरले फोहोर वर्गिकरणमा आनाकानी गरेमा प्रत्येक पटक ५ सय रुपैयाँ जरिवाना गर्नेछ ।