28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

नगर प्रमुख र जनताको श्रमदानबाट घरघरमा पानी

धरान । धरान नगर प्रमुख हर्कराज राईको नेतृत्वमा जनताको श्रमदानबाट पकुवा खोलाबाट खानेपानी ल्याइएको छ।

धरानको मुख्य समस्या नै खानेपानी हो। हरेक निर्वाचनमा सबै पार्टीको प्रमुख चुनावी एजेण्डा खानेपानी समस्या समाधान गर्ने भने पनि समाधान गर्न सकेका थिएनन्। नवनिर्वाचित नगर प्रमुख हर्कराज राईको प्रमुख चुनावी एजेण्डा पनि खानेपानीको समस्या समाधान नै थियो। उहाँले सप्तकोशीबाट पानी नल्याएसम्म धरानको खानेपानी समस्या समाधान नहुने भन्दै चुनावको बेलामा सप्तकोशीको पानी ल्याउने प्रतिवद्धता गर्दै विजयी हुनुभएको थियो।

नगर प्रमुख राईले सप्तकोशीको पानी नल्याइन्जेलसम्म धरान वरपरका खोलाबाट अल्पकालीन समयको लागि खानेपानी ल्याउने योजना बनाउनु भएको हो। सोहीअनुसार धरान २० मा रहेको पकुवा खोलाको पानी नगर प्रमुख राईको नेतृत्व र धराने जनताको श्रमदानमा दुई वटा ट्यांकी बनाएर ल्याइएको छ।

पकुवाबाट खानेपानी आपूर्ति गर्न प्रमुख राई इञ्जिनियरसहित प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरेर यो योजना ल्याएको हो। प्रमुख राईले पकुवाको पानी ल्याउनका लागि निर्माण कार्यमा आफैले श्रमदान गर्नुभएको हो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स