24.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

धोवीखोलामा फोहोर फाल्नेलाई काठमाडौं महानगरले तिरायो २५ हजार जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोवी खोलामा फोहोर फाल्नेलाई २५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस सम्बन्धी जानकारी दिँदै महानगरका प्रमुख बालेन्द्र शाहले, अनधिकृत फोहोर नफाल्न अनुरोध गरेका छन् ।

‘हिजो र आज सामाजिक सञ्जालमा धोबीखोलामा फोहोर फालिरहेको भिडियो र फोटोको चर्चा भइरहेको छ । सो सामग्रीको छानविन गरि उक्त कार्यमा सम्लग्न कम्पनीलाई नियम अनुसार २५ हजार रुपैयाँ जरिवाना गरेका छौँ ।’ प्रमुख शाहले भनेका छन्, ‘कुनै पनि अवाञ्छित कार्यहरु कसैले पनि नगर्न र कसैले गरेमा त्यसप्रति सबै चनाखो रहन जरुरी छ । यस्ता कार्यहरु सार्वजनिक गरेर महानगरसम्म पुर्याइदिनु भएकोमा धन्यवाद छ ।’

आगामी दिनहरुमा यस्ता कार्य नदोहोर्याउनआग्रह गर्दै प्रमुख शाहले यस्तो कार्य गरेको देखेमा अहिलेको जसरी नै सार्वजनिक ध्यानाकर्षणमा ल्याइदिन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स