19.7 C
Kathmandu
Friday, August 15, 2025
spot_img

बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेकपा एमाले विजयी भएको छ। एमालेका रणबहादुर बानियाँ १००३ मतको फराकिलो अन्तरले विजयी हुनुभयो । उहाँ ४७ सय ७७ मतसहित विजयी हुनुभएको हो । निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रंगबहादुर खातीले ३७ सय ७४ मत पाउनुभयो ।

उपमेयरमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का (कुँवर) ४७ सय २७ मतसहित विजयी हुनुभयो । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रीताकुमारी शाहीले ३७ सय ५५ मत पाउनुभयो । १० वटा वडा रहेको बुढीगंगामा एमालेले सातवटा र कांग्रेसले तीनवटा वडामा जित निकालेको छ ।

वैशाख ३० मै निर्वाचन भएको बुढीगंगा नगरपालिकामा विवादका कारण निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । वैशाख ३० मा भएको चुनावमा बुढीगंगाका १० वडामध्ये ६ वटामा विवाद भएको थियो । वडा २, ३, ४, ५, ७ र ९ का केन्द्रमा मतदान स्वतन्त्र हुन नसकेको भन्दै मतदाताहरुले समेत बिरोध गरेका थिए ।

२, ३, ५ र ९ वडाका मतदानस्थल एमालेका कार्यकर्ताले नियन्त्रणमा लिएको कांग्रेसको आरोप थियो । यस्तै, वडा नं। ४ र ७ का मतदान स्थलहरु कांग्रेस कार्यकर्ताले नियन्त्रणमा लिएको एमालेको आरोप थियो । यी ६ वटै वडाका मतदानस्थलमा झडप, उम्मेदवारमाथि कुटपिट र मतदाता लखेटिएका थिए ।

वडा नं। ४ मा ९९।४१ प्रतिशत मत खसाइएको थियो । वडा नं। २, ३, ५ र ९ मा प्रहरीले मतपेटिका मतदान केन्द्रमै छाडेर हिँडेका थिए । बुढीगंगाको विवाद अध्ययन गर्न निर्वाचन आयुक्त सगुनशमशेर जबरासहितको टोलीले स्थलगत अध्ययन गरेर फिर्ता गएको थियो ।

बुढीगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलका १९ मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरी एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स