24.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

सार्वजनिक शौचालयको पुनःनिर्माण गरि काठमाडौं महानगरले पुष्पलाल स्मृति पार्कमा स्मार्ट शौचालयन बनाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर १८ स्थित पुष्पलाल स्मृति पार्कमा सुविधासम्पन्न स्मार्ट शौचालय बनाउने भएको छ । महानगरले सोही स्थानमा रहेको जीर्ण सार्वजनिक शौचालयलाई पुनःनिर्माण गर्दै स्मार्ट शौचालय बनाउने भएको हो ।

यसका लागि पूर्वमेयर विद्या सुन्दर शाक्यले एक करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । तर, सो रकमले शौचालय निर्माण गर्न अपुग भएको भन्दै महानगरले थप २७ लाख रुपैयाँको व्यवस्था गर्ने भएको छ ।

मंगलबार बसेको नगरसभाको ५ औं बैठकले सार्वजनिक शौचालय निर्माणका लागि चालु आर्थिक वर्षकै बजेट मार्फत विभिन्न स्थानमा बन्ने सार्वजनिक शौचालयका लागि एकमुस्ट छुट्याइएको ५ करोड रूपैयाँबाट २७ लाख रुपैयाँ रकमान्तर गर्ने निर्णय पनि गरेको छ ।

योसँगै पुष्पलाल स्मृति पार्कमा कुल १ करोड २७ लाखमा सुविधासम्पन्न स्मार्ट शौचालय बन्ने भएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स