22.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

टोखा नगरपालिकाद्धारा आगामि आ.ब.को लागि २ अर्ब ११ करोड ५६ लाख रुपैंयाँको बजेट विनियोजन

काठमाडौँ । टोखा नगरपालिकाले आगामी आर्थिक बर्ष २०७९/८० का लागि २ अर्ब ११ करोड ५६ लाख ७ हजार रुपैंयाँ बजेट पारित गरेको छ । नगरपालिकाको ११ औँ अधिवेशनको दोस्रो बैठकमा नगपालिकाका उपप्रमुख मुरारी तामाङले उक्त वजेट भाषण गर्नुभएको थियो ।

शिक्षा, स्वास्थ्य, पूर्बाधार विकास, सामाजिक विकास, आर्थिक विकास, खानेपानी, सरसफाई, वातावरण, विपद् व्यवस्थापन, पर्यटन प्रवद्र्धन, कृषि, सेवा प्रवाह, सम्पदा तथा संस्कृति संरक्षण लगायतका बिषयहरुलाई उच्च प्राथमिकतामा राखि बजेट विनियोजन गरिएको छ । १० गते सुरु भएको नगरपालिकाको ११ औँ अधिवेशनको पहिलो बैठकले आगामी आर्थिक बर्षको बजेट, नीति तथा कार्यक्रम सर्बसम्मत रुपले पारित गरेपछि दोस्रो बैठकमा बजेट प्रस्तुत गरिएको हो । कुल विनियोजित रकम २ अर्ब ११ करोड ५६ लाख ७ हजार रुपैंयाँ मद्ये चालु तर्फ ६३ करोड, ४६ लाख,५६ हजार अर्थात ३० प्रतिशत र पुँजि तर्फ १ अरब, ४८ करोड ९ लाख,५१ हजार अर्थात ७० प्रतिशत रहेको उप प्रमुख मुरारी तामाङले बताउनुभयो ।

नगरसभाको अवसरमा बोल्दै नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीहरुलाई प्रत्यक्ष राहत पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता दिने गरी नीति, कार्यक्रम र बजेट पारित गरिएको बताउनुभयो ।

साथै नगरबासीको माग र चाहना बमोजिम नगरपालिकाले विभिन्न कार्य गरिरहेको बताउँदै उहाले आगामि आ.ब.को बजेटको सदुपयोग गर्दै नगरको विकास र समृद्धिका लागि आगामी दिनमा नगरपालिका अझ बढि सक्रिय भएर लाग्ने बताउनुभयो

नगरसभामा बैठकमा संक्षिप्त प्रतिक्रिया दिँदै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले नगरपालिकाको समग्र विकास र समृद्धि गर्ने गरी बजेट, नीति तथा कार्यक्रम पारित गरिएको बताउनुभयो । उहाँले पुर्वाधार विकासका कार्यक्रम,सार्वजनिक सेवा प्रवाह तथा शुसाशन अभिवृद्धि,वातावरण संरक्षण तथा विपद व्यवस्थापन लगायतका विषयहरुलाइ प्रमुख रुपमा समेटिएको जानकारि दिनुभयो ।

त्यस्तै नगरसभाले नगरसभा सदस्यहरु गोपीकृष्ण पाठक र चन्द्र प्रकाश श्रेष्ठलाई न्यायिक समितिको सदस्यमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । नगरसभामा टोखा नगरपालिकाका वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु, नगरसभा सदस्यहरु लगायत विभिन्न शाखा प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स