22.9 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

सूर्यविनायक नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आगामी आर्थिक बर्ष २०७९/०८० को अनुमानीत बजेट रु १ अर्व ९२ करोड १८ लाख ७७ हजार विनियोजन गरिएको छ । नगर प्रमुख बासुदेव थापाको अध्यक्षतामा बसेको ११ औं नगरसभामा उपप्रमुख सरिता तिमिल्सिना भट्टराईले आर्थिक बर्ष २०७९/०८० को आयरब्यय प्रस्तुत गर्नु भएको हो ।

प्रस्तुत बजेटमा चालुतर्फ रु २४ करोड ८२ लाख ३५ हजार, सामाजिक सुरक्षा भत्तामा रु १६ करोड, सशर्तका कार्यक्रम संचालन गर्न रु २६ करोड ६७ लाख ८४ हजार, चालू खर्च तर्फ रु २५ करोड २५ लाख र पूँजीगत कार्यक्रमतर्फ रु ९९ करोड ४३ लाख ५८ हजार विनियोजन गरिएको छ ।

त्यस्तै, आन्तरिक राजस्व परिचालनबाट रु २२ करोड २८ लाख ७५ हजार, घरजग्गा रजिष्ट्रेशनबाट रु ३५ करोड, चालू आर्थिक वर्षको राजस्व बचतबाट रु २५ करोड, संघ र प्रदेशबाट प्राप्त वित्तीय समानीकरण अनुदान रु २५ करोड ०५ लाख १३ हजार, संघ र प्रदेशबाट प्राप्त सशर्त अनुदान रु ४२ करोड ६७ लाख ८४ हजार, प्रदेशबाट प्राप्त विशेष अनुदान रु ७५ लाख, संघ तथा प्रदेशको राजस्व बाँडफाँडबाट रु १५ करोड ४२ लाख ५ हजार, समपूरक योजना कार्यान्वयनको लागि जिल्ला समन्वय समिति र प्रदेशबाट रु ५ करोड, सामाजिक सुरक्षा कार्यक्रमबाट १६ करोड, सडकबोर्डबाट रु १ करोड र नगद लागत सहभागिताबाट रु। ४ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा स्वास्थ्य क्षेत्रको लागि नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु। ७ करोड ५५ लाख र सशर्त तर्फ रु। ४ करोड ७६ लाख ८ हजार गरी कूल रु। १२ करोड ३१ लाख ८ हजार विनियोजन गरिएको छ । सार्थ सुलभ र गुणस्तरीय सेवाको पहुँच सुनिश्चित गर्न नगरपालिका क्षेत्र भित्रका सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक स्वास्थ्य पूर्वाधार, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री एवं उपकरणहरुको समुचित प्रबन्धको लागि आवश्यक बजेट व्यवस्था गरिएको छ । उता वडा नं ८ जगातीमा रहेको सूर्यविनायक नगर अस्पताल संचालन तथा व्यवस्थापनको लागि ५ करोड बजेट विनियोजन गरिएको छ ।

त्यस्तैगरि, बजेटमा बालबालिकालाई एसइई तथा कक्षा १२ पछि उच्च शिक्षा अध्ययनको लागि करियर काउन्सेलिङ्ग र लोक सेवा तयारी कक्षाको लागि सहयोग गर्न बजेट व्यवस्था गरिएको छ भने कृषि तथा पशुपंक्षी विकासतर्फ नगरपालिकाको आन्तरिक स्रोतबाट कूल रु। २ करोड ७९ हजार र सशर्त तर्फ रु। १ करोड २४ लाख गरी कूल रु। ३ करोड २४ लाख ७९ हजार विनियोजन गरिएको छ ।

बजेट सर्वसम्मत रुपमा पारित

त्यस्तै, दुई दिनसम्म चलेको नगरसभाले नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पारित गरेको छ । पहिलो कार्यकालमा १० वटा अधिवेशन र कार्यपालिकाको १२२ वटा बैठक सर्वसम्मत गर्न सफल हुनु भएको मेयर बासुदेव थापाले दोस्रो कार्यकालको पहिलो नगरसभा पनि सबैको भावना समेट्दै सर्वसम्मत रुपमा सम्पन्न गर्नु भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स