23 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

माओवादी अध्यक्ष दाहालसित भिड्न चितवन ३ मा धर्मेन्द्र सापकोटाले स्वतन्त्र उम्मेदवारी दिने

चितवन । आगामी संसदीय निर्वाचनमा चितवनको क्षेत्र नं ३ बाट संचार उद्धमी धर्मेन्द्र सापकोटाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । सापकोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपाका नेता बिक्रम पाण्डे लाई चुनौती दिँदै उनको क्षेत्रबाट निर्वाचन लड्न आँटेका हुन् ।

यो क्षेत्र काँग्रैसका तात्कालीन सभापति शुसिल कोइरालाले जितेको क्षेत्र हो । सापकोटाले उम्मेदवारी घोषण गरेपछि चितवनमा राजनीतिक सरगर्मी हवात्तै बढेको छ ।

सरकारले निर्वाचनको मित घाषण नगरे पनि स्वतन्त्र उम्मेदवाले भटाभटी उम्म्ेदवारी घोषण गर्न थालेका छन् । स्वतन्त्र रुपमा उम्म्ेदवारी घोषण गरेका सापकोटा बजार ब्याबस्थापनमा अब्ब्ल हुन् । नेपालमा डीटीएच प्रविधि भित्त्राउने सापकोटाले धेरै टेलिभिजनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

राजनीति र संचार जगतको राम्रो ज्ञान भएका सापकोटा राजनीतिक दलमा आएको बिचलनका कारण जनताको सेवा गर्न उम्मेदवारी घोषण गरेको बताउँछन् । राजनीति भनेको जनताको सेवा गर्ने पेशाका रुपमा भएपनि अहिले भएका राजनीतिक दलले सेवा भन्दा कमाउने माध्यम बनाएकोले राजनीतिक दलप्रति जनतामा बितृरुण पैदा भएको उनको भनाइ छ ।

जनतालाई सर्वो परि ठानेर जनताको सेवा गर्नकै लागि उम्मेदवारी दिएको बताउने सापकोटा राजनीतिमा भएको बेथिति हटाउन चितवनका जनताले न्याय गर्नेमा बिश्वस्त छन् । उनले तात्कालीन माओवादीको एम्बुसमा परी ३८ जना निर्दोषहरुको ज्यान जाने गरी भएको घटनाका पीडितले हालसम्म न्याय पाउन सकेका छैनन् ।

क्रान्तिका नाममा गरिएको नरसंहार भएको यतिका बर्षसम्म् पनि घटनामा घाइते बनेका अझै कति घाउ बोकेर हिनेका छन भने कति अशक्त, भएर भरेको जिन्दगी जिएर बसेका छन । यो घट्नामा भएका पीडितको न्यायका लागि भन्दै आफूले प्रतिनिधिसभा सदस्यका उम्मेदवारी दिएको सापकोटाको भनाइ छ ।सापकोटाले संचारको अलावा आमा केयर फाउन्डेसनमार्फत सामाजिक कार्य पनि गर्दै आएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स