29.2 C
Kathmandu
Sunday, August 17, 2025
spot_img

काठमाडौं उपत्यकाका नदीहरुमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।

यसैबीच काठमाडौं उपत्यकाका धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीहरुमा जलसतह बढ्दो छ । त्यसैले नदी किनारको बाटोबाट यात्रा गर्दा उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ६ बजे सूचना जारी गर्दै पछिल्लो चार घण्टामा काठमाडौं उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको छ । हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो भएकाले नदी किनारको बाटो भई यात्रा गर्दा अर्को ३ घण्टा उच्च सतर्कता अपनाउन भनिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स