24.5 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

काठमाडौं महानगरको कल सेन्टर प्रभावकारी बनाउन कर्मचारीलाई तालिम

काठमाडौं । कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) लाई प्रभावकारी बनाउन काठमाडौं महानगरपालिकाको सूचना प्रविधि विभागले कर्मचारी र सम्पर्क अधिकारीका लागि तालिम सुरु गरेको छ । तालिममा गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका सेन्टरमा बस्ने कर्मचारीलाई सिकाइँदैछ ।

यसैगरी सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने तथा काम भएपछि समापन टिप्पणी ९क्लोजिङ् स्टेटमेन्ट० विवरण लेख्ने तरिका सिकाइँदैछ । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालले भने, ‘सेन्टर सञ्चालन गर्ने कार्यविधि तयार गर्दैछौँ । यसले काम गर्ने तरिका र नतिजा मापन गर्न सजिलो हुनेछ । यससँगै भएका जनशक्तिलाई तालिम दिने, आवश्यकताका आधारमा जनशक्ति र उपकरण थप गर्ने योजनामा छौँ । अहिले रेकर्ड भएका गुनासाको सुनुवाई कहाँ पुग्योरु थाहा पाउनका लागि ट्र्याकिङ् सिस्टम बढाउने काम गर्दैछौँ ।’

महानगरका सहायक निर्देशक भरतकुमार पोखरेलका अनुसार अहिलेसम्ममा सेन्टरमा बस्ने ५ जना कर्मचारी र विभागबाट तोकिएका १० जना सम्पर्क अधिकारीलाई सफ्टवेयर सम्बन्धी तालिम दिइसकिएको छ । सम्पर्क अधिकारीका लागि १५ वटा वडाबाट नाम आइसकेको छ । सबै नाम प्राप्त भएपछि उनीहरुलाई पनि प्रविधिका बारेका तालिम दिइनेछ । महानगरपालिकाले जेठ २४ गतेदेखि कल सेन्टर सञ्चालनमा ल्याएको हो । सहायक निर्देश पोखरेलका अनुसार त्यसयता आजसम्ममा ३ हजार ३ सय गुनासा तथा सुझाव आएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स