25.6 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

जनकपुरबाट भैरहवा आउँदै गरेको बस दुर्घटनामा ९ जनाको मृत्यु, २३ जनाको उपचार हुँदै

बुटबल । जनकपुरबाट भैरहवा आउदै गरेको बस रुपन्देहीको रोहिणी पुलबाट नदीमा खस्दा ९ जनाको मृत्यु भएको छ । आज बिहान करिब ४ः३० बजेको समयमा लु २ ख ३८४१ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परेकाहरुको स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ट्राफिक प्रहरीले उद्धारगरी २३ जनाको भैरहवाको मेडिकल र भीम अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय रुपन्देहीका प्रमुख केशब के।सीका अनुसार बसमा ३४ जना सवार थिए । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका वडा नम्बर ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमानगरपालिका वडा नम्बर २ योगिकुटीका ५६ वर्षका विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिका नगर बस्ने ४८ वर्षको कृष्ण प्रसाद बस्याल, रौतहट जिल्लाको चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास, भारतको जनकपुरग्राम बस्ने ४० वर्षीय अरविन्द्र शर्मा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए । मृतक ३ जनाको सनाखत हुन सकेको छैन भने घाइतेहरुको पनि अहिले सम्म पहिचान खुल्न सकेको छैन ।

बसको अन्तिम गन्तब्य भैरहवा रहेको थियो । गन्तब्यमा पुग्नु भन्दा ३ किलोमिटर परै बस दुर्घटना भएको हो । तराईको समथर भुगोलमा भएको दुर्घटनाको मुख्य कारण चालक निदाएको हुन सक्ने प्रारम्भीक अनुसन्धानमा देखिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स