21.3 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

डडेल्धुराको आलिताल गाउँपालिकाको प्रशासनिक भवनमा आगलागी

डडेल्धुरा । भित्रिमधेश क्षेत्रको आलिताल गाउँपालिकाको कार्यालयमा आगलागी भएको छ । आलिता गाउँपालिका–५ भिमदत्त नगरमा रहेको पालिकाको प्रशासनिक भवनको प्रशासन कक्षमा आगलागी भएको छ ।

पालिकाको प्रशासन कक्षा आगलागी भएको आलिताल प्रहरी चौकी ईञ्चार्ज भिमराज भट्टले बताउनुभयो । आगलागीका कारण प्रशासन कक्ष बाहिर रहेका सोफा, भवनको सिलिङ, कोठा भित्रका केहि कागजात समेत जलेको उहाँले बताउनु भयो । बाहिर राखिएको सुचना पार्टीमा समेत आगो उहाँले जानकारी दिनुभयो । घटना बारे अनुसन्धान भइरहेको उहाँले बताउनु भएको छ ।

शुक्रबार बिहान ४ः०० बजे तिर आगलागी भएको पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दानबहादुर मडैले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी परिवार यतै पालिकाको क्यान्टिनमै बस्दै आएका छौं । आगो लागेको थाहा पाउने बित्तिकै निभाउन तिर लागेका थियौं। आगो निभाएपछि थप क्षति हुनबाट बच्यो ।’ आगलागी घटना संकास्पद भएको र घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स