23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

पुनः मतगणनाको माग राख्दै पोखरा १८ मा ३ मतले चुनाव हारेका पुस्कलबहादुर थापाद्धारा मुद्दा दर्ता

पोखरा । पोखरा महानगरपालिका १८ को वडाध्यक्षमा ३ मतले चुनाव हारेपछि एमालेका उम्मेदवार पुस्कलबहादुर थापाले मुद्दा दर्ता गरेका छन् ।

उनले चुनावमा खसेको मतभन्दा ९ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा हालेका हुन् । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नव निर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दिएका हुन् ।

यो वडामा कांग्रेसका शिव तिमिल्सिनाले ३ मत अन्तरले चुनाव जितेका थिए । ५ हजार ८ सय ४३ मतदाता मध्ये यहाँ ४ हजार ३ सय ४८ मत खसेको थियो । गणनाका क्रममा ४ हजार ३ सय ३९ मत मात्र भेटिएको थियो । मतपत्र सर्टिङ गर्ने क्रममा नै ९ मत गायव पारिएको थापाको आरोप छ ।

थापाले गणना सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुन गणनाको माग सहित निवेदन दिएका थिए । तर पुनः गणना हुन सकेन । हारजित स्वभाविक हो । लोकतन्त्रमा निर्णय मान्नुपर्छ, उनले भने, तर खसेको मत त देखाउनुपर्यो नि । खसेको ९ मतको जवाफ चाहियो । उनले सत्य तथ्य छानबिन गरेर पुनः मतगणनाको माग राखेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स