19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

कार्यपालिका र जिससमा पनि सहमति गरेर अघि बढ्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धको बैठकले कार्यपालिका सदस्यको निर्वाचनमा गठबन्धनबीच सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।

सत्तारूढ पाँचदलीय गठबन्धनको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँचदलीय गठबन्धनको बीचमा सहमति गरेर अगाडि बढ्ने निर्णय गरेको बैठकमा सहभागी सञ्चार तथा सूचना प्रविधिमैत्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकले ७७ वटा जिल्ला समन्वय समितिमा पनि गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन दिने निर्णयसमेत गरेको छ । “पाँच दलीय गठबन्धनले ७७ वटा जिल्ला समन्वय समिति र बाँकी रहेका पालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा पाँच दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्न आ(आफ्ना दलका प्रदेश र जिल्ला समितिहरुलाई निर्देशन गर्ने निर्णय गरेको छ”, उहाँले भन्नुभयो ।

यस्तै बैठकमा स्थानीय तहको निर्वाचनको परिणामबारे पनि छलफल भएको थियो । सञ्चारमन्त्री कार्कीले गठबन्धन देशको आवश्यकता भएकाले आवश्यकता पूरा नहुँदासम्म कायमै रहने बताउनुभयो । उहाँले संविधानको परिकल्पना गरेको समयसीमाभित्र नै आवधिक निर्वाचन हुने स्पष्ट पार्नुभयो ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्की, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेललगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स