25.6 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

दुर्घटनाग्रस्त विमानमा एकै परिवारका सात जना रहेको पुष्टि

काठमाडौं। मुस्ताङमा दुर्घटनाग्रस्त स्थितिमा फेला परेको तारा एयरको जहाजमा एकै परिवारका सातजना रहेको पुष्टि भएको छ ।

हिजो बिहानदेखि बेपत्ता भएर आज बिहान भेटिएको दुर्घटनाग्रस्त विमानमा धनुषाको धनुषाको मिथिला नगरपालिका– ११ लोटाका एकै परिवारका सात जना सवार रहेको पुष्टि भएको छ ।

उक्त विमानमा मिथिला नगरपालिका– ११ लोटाका राजन कुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ सवार थिए ।

उनीहरु मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स