28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकियो

काठमाडौं । काठमाडौं महानगरपालिकाको २९ वटा वडाको मतगणना सकिएको छ । वडा नम्बर १४, १५ र १६ बाहेक सबै वडाको मत गणना सकिएको छ ।

हालसम्म कुल १ लाख ८३ हजार ६७९ मत गणना हुँदा मेयर पदमा १ लाख ५४ हजार ८९५ सदर मत परेको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाह ५९ हजार १४९ मत प्राप्त गरेका छन् । अर्थात कुल खसेको सदर मतको ३८।१९ प्रतिशत मत पाएका छन् ।

दोस्रोमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५४२ मत अर्थात कुल खसेको सदर मतको २४।२४ प्रतिशत पाउँदा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् । अर्थात उनले कुल खसेको मतको २४।०३ प्रतिशत मत ल्याएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स