25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

मतगणना सकिनुअघि नै वीरगन्ज महानगरको मेयरमा राजेशमान सिंह विजयी

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरमा जसपाका राजेशमान सिंह विजयी भएका छन् । करिब १४ हजार मतगणना हुन बाँकी रहँदा नै सिंह विजयी भएका हुन् । वीरगन्ज महानगरपालिकामा ९४ हजार ६०० मत खसेको थियो । जसमा ८० हजार ७८६ मतगणना हुँदा सिंहले १९ हजार बढीको मतान्तर बनाइसकेका छन् ।

हालसम्म वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना सकिइसकेको छ ।

जसमा जसपाका राजेशमान सिंहले ३९ हजार ६६१ मत प्राप्त गर्दा एमालेका विजय कुमार सरावगीले २० हजार २०५ मत पाएका छन् । यस्तै राप्रपाका गिरीश गिरीले २९४६ मत पाएका छन् । यस्तै उपप्रमुखमा काँग्रेसका इम्तियाज आलमले २५ हजार ५९ मत पाएर अग्रता बनाइरहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स