28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

पोखरामा धनराज ३ हजारभन्दा बढी मतले अगाडि, उपमेयरमा मञ्जुदेवीको अग्रता

पोखरा । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । शनिबार बिहानसम्म उनले मतान्तर ३ हजार भन्दा बढी पुर्याएका छन् ।

पोखराको ८० हजार १५४ मत गणना भइसक्दा उनी ३ हजार ४३९ मतले अगाडि छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका समाजवादीका आचार्यले ३२ हजार ४८० मत पाउँदा उनलाई पछ्याइरहेका अर्का प्रत्यासी नेकपा एमालेका कृष्ण थापाले २९ हजार ४१ मत ल्याएका छन् ।

मेयरकै दौडमा रहका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का शंकर खरालले ३ हजार ५२० मत पाएका छन् । अटेरी नामक अभियानबाट स्वतन्त्र उम्मेदवारी दिएका खडकराज पौडेल ९गनेस० ले २ हजार २४९ मत पाएका छन् ।

पोखराको उपमेयरका लागि फेरि नेकपा एमालेले अग्रता लिएको छ । मेयर पदमा मतान्तर फराकिलो हुँदै जाँदा उपमेयरमा भने रोचक प्रतिस्पर्धा चलिरहेको छ ।

नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ र नेपाली कांग्रेसकी कोपिला रानाभाटबीच थोरै मतान्तरले सुरुआतदेखि नै एकले अर्कालाई उछिन्ने प्रतिस्पर्धा चलिरहेको छ । अहिले एमालेकी मञ्जु २६२ मतले अगाडि छिन् ।

मञ्जुले ३३ हजार २२१ मत पाउँदा उनलाई पछ्याइरहेकी कोपिलाले ३२ हजार ९५९ मत पाएकी छन् । उपमेयर दौडमै रहेकी राप्रपाकी रञ्जना सेनले ३ हजार ४११ मत पाएकी छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स