25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

रौटहटको राजपुर नगरपालिका नगर प्रमुखमा अफताव आलमको छोरा विजयी

रौतहट । रौतहटको राजपुर नगरपालिकाको नगर प्रमुख पदमा मोहम्द राजिक आलम विजयी भएका छन् । शुक्रबार सार्वजनिक अन्तिम मतरिणाम अनुसार आलमले ६ हजार ३३५ मत प्राप्त गरेर विजयी बनेका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका २७ वर्षिय आलम नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमका कान्छा छोरा हुन् । राजपुर बमकाण्डका आरोपित अफताव आलम हाल पूर्पक्षको लागि कारागारमा छन् ।
बुबाको राजनितिक विरासत समाल्हेका राजीकले जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार मोहम्मद जैद आलमलाई २ हजार ५८४ मतले पराजित गरेका हुन् । ३ हजार ७५१ मत ल्याएर निकतम प्रतिद्धन्दी बनेका आलम संविधान सभा सदस्य स्व।मुस्ताक राजाका छोरा हुन् ।

विजयी राजिक र पराजित जैद नातामा काका–भतिजा पर्छन् । विजयी पश्चात प्रतिक्रिया दिदैँ राजिकले आफ्नो विजयीसँगै राजपुरको राजनीतिक विरासत चौथौँ पुस्तामा आएको भन्दै अब राजपुर नगरपालिकालाई योजनाबद्ध विकासको बाटोमा लैजाने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफूलाई मतदान गर्ने सम्पूर्ण मतदातालाई धन्यवाद दिदैँ राजपुरलाई समृद्ध बनाउने लक्ष्य लिएर आफु अगाडि बढ्ने बताए । आलम पेशाले चिकित्सक हुन् । उनले ३ वर्ष अगाडि भारतबाट एमबीबीएस उतीर्ण गरेका हुन् ।

यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकै जमिला कसरी ६ हजार २६८ मत ल्याएका विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालकी चिन्ता कुमारी कलवारले ३ हजार ६२९ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स