29 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

रौतहटमा मतपेटिका लुटेर भाग्नेमध्ये एकजना पक्राउ

रौतहट । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको क्रममा मतपेटिका लुटेर भाग्ने एकजनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । जिल्लाको यमुनामाई गाउँपालिका वडा नं। २ स्थित श्री मा।वि। भेडियाही स्कुलमा अवस्थित मतदान केन्द्रमा विवादले मतदान गर्दा स्थगित भएको अवस्थामा केही स्थानियहरुले मतपेटिका लुटेर खेतैखेत भागेका थिए ।

पछि प्रहरीले मतपेटिका हवाइ फायर गरेर मतपेटिका नियन्त्रणमा लिएको थियो । सुरक्षाकर्मीको आँखै अगाडिबाट मतपेटिका लुटिदा पनि केही गर्न नसकेको भन्दै रौतहटको प्रहरी प्रशासनको चौतर्फी आलोचना भएको थियो ।

मतपेटिका लुटिएपछि सो केन्द्रको मतदात रद्ध गरेर जेठ ४ गते कडा सुरक्षाबीच सम्पन्न गरिएको थियो । पक्राउ पर्नेमा सोही गाउँपालिका वडा नम्बर २ बस्ने ४६ वर्षिय चन्देश्वर बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बैठालाई प्रहरीले घरमै लुकिरहेको अवस्थामा पक्राउ गरेको सो कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार ३० गते मतदानको दिन मानिसहरुको हुल लिई आई मतदान केन्द्र भित्र जवरजस्ती प्रवेश गरी सुरक्षाकर्मीको पहुँचमा रहेको मतपेटिका लुटेर लगेकोमा सुरक्षाकर्मीको टोलीले उक्त मतपेटिका नियन्त्रणमा लिने क्रममा केही राउण्ड गोली फायर गर्दा मतपेटीका छाडी बैठा फरार भएका थिए ।

पक्राउ परेका पूर्व प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार १७ वर्ष नेपाल प्रहरीमा कार्य गरेका बैठा त्रिभुवन विमानस्थलमा कार्यरत रहँदा वि।सं। २०७१ सालमा लागुऔषध मुद्धामा ३० महिना जेल सजाय पाइसकेका व्यक्ति हुन् ।

मतपेटिका लुट्ने घटनामा संलग्न अन्यको पनि पहिचान गरि खोजी कार्य गरिरहेको र फरार रहेका उनीहरु चाँडै पक्राउ पर्ने प्रहरी उपरिक्षक घिमिरेको दावी छ । पक्राउ परेका बैठालाई निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ बमोजिम कानूनी कारवाहीको लागि रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स