22.5 C
Kathmandu
Monday, August 11, 2025
spot_img

५ सय ५० वटा स्थानिय तहको मत परिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक भइरहेको छ। हालसम्म २ वटा उपमहानगरसहित ५५० पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक मत परिणाम अनुसार नेपाली कांग्रेसले सर्वाधिक २५३ पालिकामा जित निकालेको छ। यस्तै नेकपा एमालेले १५२ पालिकामा जित निकाल्दा नेकपा माओवादी केन्द्रले १०२ पालिकामा प्रमुख पद जितेको छ।

जनता समाजवादी पार्टीले १३ वटा पालिकामा जित निकाल्दा नेकपा एकीकृत समाजवादी पार्टीले १२ पालिकामा जित हात पारेको छ। ७ जना स्वतन्त्र उम्मेदवारले पालिकामा प्रमुख पद जित्दा राष्ट्रिय जनमोर्चाले ४ पालिकाको प्रमुख पद जितेको छ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी र सिके राउत नेतृत्वको जनमत पार्टीले २(२ वटा पालिकामा प्रमुख पद जितेको छ। रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले १(१ पालिकामा प्रमुख पद जितेका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स