25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

स्वतन्त्र उम्मेदवार बालेन १० हजारभन्दा बढी मत अन्तरले अगाडि

काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।

बिहीबार बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेकी छिन् ।

उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतले अन्तर बढाइरहेकी छिन् । उनले १९ हजार ९५६ मतसहित अग्रता लिँदा सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स