22.6 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

मेलम्ची नियन्त्रणको काम सुरु

सिन्धुपाल्चोक । असार १ गतेको मेलम्ची बाढीले बस्ती जोखिम र नदीको सतह बढेपछि मेलम्ची नगरपालिकाले नदी गहिर्याउने काम थालेको छ । सङ्घीय र प्रदेश सरकारलाई बजेट उपलब्ध गराउन पटक पटक गरेको आग्रहको सुनुवाइ नभएपछि नगरपालिकाले आफ्नै बजेटमा नदी नियन्त्रण र क्षति न्यूनीकरणका काम थालेको हो ।

मेलम्ची बाढीले उकासिएको नदीको सतहलाई गहि(याउन मेलम्ची नगरपालिकाको दुई करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरी काम थालेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो ।मेलम्ची नगर र हेलम्बु गाउँपालिकाको सीमाना तालामाराङदेखि डुढेखोलासम्म नदी गहि(याउन थालिएको छ । नदीले कटान गरेको आवश्यक स्थानमा संरक्षण पर्खाल लगाउन थालिएको छ ।

विज्ञहरूको सुझावका आधारमा वर्षा लाग्नु पूर्व नै बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नदी गहिर्याउन थालेको नगरप्रमुख अर्यालले बताउनुभयो । विज्ञहरूले नदीलाई पुरानै लयमा फर्काउन र कटान भएका स्थानमा संरक्षण पर्खाल लगाउन सुझाव दिएको भन्दै उहाँले भन्नुभयो, वर्षायाम सुरु हुन केही महिना बाँकी रहँदासमेत प्रदेश र सङ्घीय सरकारले मेलम्ची नदी नियन्त्रण र बस्ती संरक्षणमा उचित ध्यान दिएका छैनन् । गत असार १ र त्यसपछिको मेलम्ची बाढीले स्थानीयको जग्गा कटान र तीन सयभन्दा बढी घर बगाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स