काठमाडौं । ललितपुर महानगरपालिकाले विभिन्न क्षेत्रलाई ‘धुम्रपान ‘निषेधित’ क्षेत्रको रुपमा घोषणा गरेको छ । महानगरले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको पाटन दरबार स्वायर, पुल्चोक गा हिटी पार्क र जावलाखेल चोक क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो ।
‘धुम्रपान नगरौं, स्वास्थ रहौं’ भन्ने नाराका साथ महानगरले ती क्षेत्रलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिए । उनले यसअघि नै ललितपुरका केही क्षेत्रलाइ धुम्रपान निषेधित घोषणा गर्ने तयारी गरेपनि कोरोना महामारीका कारण केहि ढिलाइ हुन गएको बताए ।
महानगरले निषेधित क्षेत्रमा धुम्रपान गरेमा सम्झाईबुझाई गर्ने र त्यसपटि भने कारवाही स्वरुप जरिवाना गर्ने जनाएको छ । धुम्रपान निषेधितमा निरन्तर ललितपुरका नगरप्रहरी परिचालित गरिने महानगरले जानकारी दिएको छ ।