23.4 C
Kathmandu
Friday, August 15, 2025
spot_img

बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणा गर्ने तयारी

बाँके । बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणाको तयारी गरिएको छ । जिल्लाका ९५ प्रतिशत घरधुरीमा विद्युत्को पहुँच पुगेपछि बाँकेलाई पूर्ण विद्युतीकरण जिल्ला घोषणाको तयारी गरिएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले बताए । उनका अनुसार बाँकेका ५६ हजार आठ सय ९६ घरधुरीले विद्युत् जडान गरेको छ । नरैनापुर गाउँपालिकाबाहेक अन्य पालिकाका सबै घरधुरीमा विद्युतीकरण भइसकेको उनले बताए ।

नरैनापुरका केही गाउँ बाँकी भएका कारण पूर्ण विद्युतीकरण घोषणा गर्न नसकिएको उनको भनाइ छ । ‘९५ प्रतिशत जनतामा विद्युत् सेवा पुगे पूर्ण विद्युतीकरण घोषणा गर्न सकिन्छ, नरैनापुरका केही गाउँमा विद्युत् सेवा पुर्‍याएर घोषणा गर्छौँ,’ उनले भने । साबिकका बैजापुर र बिनौना गाविसका सबै घरमा विद्युत् सेवा पुगेको उनको भनाइ छ । ‘दुई महिनाभित्र नरैनापुर गाउँपालिकाका सबै घरमा विद्युत् सेवा पुर्‍याउने लक्ष्य छ,’ उनले भने ।

भारतबाट विद्युत् आपूर्ति घटाउँदै लगेको उनले बताए । सुक्खा सिजनमा मात्र भारतबाट विद्युत् ल्याएको बताउँदै उनले फागुनमा भारतीय विद्युत् प्रयोगमा नआएको बताए ।

माघमा अति चिसो भएका कारण भारतबाट विद्युत् ल्याएको उनको भनाइ छ । उनले पुस र माघ महिना सुक्खा सिजन भएको बताए । ‘माघ महिनामा पनि पहिलेको भन्दा भारतको विद्युत् एकदमै कम प्रयोग भएको छ । फागुनमा एक युनिट पनि भारतीय विद्युत् प्रयोग भएको छैन,’ वितरण प्रमुख प्याकुरेलले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स