28.8 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

पाथीभरामा केबुलकार निर्माणको तयारी

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणको तयारी गरिएको छ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा पाथीभरादेवी दर्शन केबुलकार प्रालि।मार्फत केबुलकार निर्माणको तयारी गरिएको हो । सदरमुकाम फुङ्लिङमा शुक्रबार प्रवद्र्धक कम्पनी पाथीभरादेवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तरक्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ ।

जिल्लाको पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले पाथीभरामा केबुलकार निर्माण गर्न लागिएको हो । काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी केबुलकार निर्माण गरिने प्रालि।का पदाधिकारीको भनाइ छ ।

पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि धाम जोड्ने केबुलकारको दूरी २.६ किलोमिटर हुने प्रालिले जनाएको छ । करिब तीन अर्ब रुपियाँ खर्च हुने र २२ महिनाभित्र केबुलकार आयोजना सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको पनि केबुलकार प्रालिका स्थानीय सम्पर्क व्यक्ति मणिशङ्कर पोमूले जानकारी दिनुभयो ।

आगामि बैशाखदेखि केबुलकार निर्माणको काम सुरु गर्नेगरी तयारीलाई अघि बढाएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिनुभयो । केबुलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको पनि पौडेलले बताउनुभयो । उहाँले प्रचलित व्यवस्था साथै सबै पक्षलाई सम्बोधन र समन्वय गरेरै परियोजनाको काम कार्यान्वयन गरिने बताउनुभयो ।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले पनि स्थानीय सरोकारवालाको सुझावलाई आत्मसात् गर्दै प्रभावित क्षेत्रको हितलाई प्राथमिकता दिएर परियोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । स्थानीय समुदायको माग, संस्कार संस्कृति र सभ्यतासहित सामाजिक परिवेश समेतलाई दृष्टिगत गरी प्रभावित क्षेत्रका समुदाय साथै जिल्लावासीका लागि परियोजनाबाट पुग्ने उपलब्धीलाई सुनिश्चित गरी काम अघि बढाउनुपर्ने जोड दिनुभयो ।

पाथीभरा क्षेत्रमा केबुलकार निर्माण परियोजना अघि बढाइने भएपछि केही समुदायले भने सुरुदेखि नै विरोध गर्दैआएका छन् । स्थानीय लिम्बू समुदायको सांस्कृतिक अस्तित्वसँग पाथीभरा मुक्कुमलुङ जोडिएकाले सांस्कृतिक अतिक्रमण हुने भन्र्दै विरोध हुँदैआएको छ । समुदायगत पहिचान र संस्कृतिलाई असर नपुर्याई परियोजना कार्यान्वयन गर्नुपर्ने माग हुँदैआएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स