25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

सिन्धुपाल्चोकको अधिकांश स्थानीय तहमा सुविधायुक्त भवन ठडिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको अधिकांश स्थानीय तहको सुविधायुक्त भवन ठडिन थालेका छन् । इन्द्रावती गाउँपालिकाले छ करोड ५१ लाख रुपियाँ खर्चिएर ‘प्यागोडा’ शैलीमा आकर्षक भवन निर्माण गरेको पालिकाका अध्यक्ष वशंलाल तामाङले जानकारी दिनुभयो । पालिकाका १० वटा वडाको भवन निर्माण गरी सेवा दिन थालिएको छ ।

चौतारा साँगचोकगढी नगरपालिकाका प्रमुख अमानसिंह तामाङले सात करोड रुपियाँको लागतमा प्रशासनिक भवन निर्माण गरेको बताउनुभयो । नगरका नौवटा वडाका भवन बनिसकेको छ ।

मेलम्ची नगरपालिकाले सात करोड रुपियाँको लागतमा दुइटा प्रशासनिक भवन निर्माण गरेको नगरप्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । पालिकाका १३ वटा वडामध्ये सातवटा वडा कार्यालयका नयाँ भवन बनेका छन् ।

यस्तै भोटेकोसी गाउँपालिकाले छ करोड रुपियाँको लागत तीनवटा वडा भवन निर्माण गरेको अध्यक्ष राजकुमार पौडेलले बताउनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स