19.1 C
Kathmandu
Saturday, August 16, 2025
spot_img

नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा

पर्वत । पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ । फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको हो ।

बुधबार दशाैँ नगरसभा सम्पन्न भएको उपलक्ष्यमा आज पालिकाका सरकारी, सार्वजनिक र अन्य सबै संस्थामा सार्वजनिक बिदा दिइएकाे नगरपालिकाले जनाएकाे छ ।

यद्यपि, मेयर पदमपाणि शर्माले भने दस्तावेजहरू बनाउन कर्मचारी खट्नु परेकाले अत्यावश्यकबाहेकका सेवा एक दिनका लागि बन्द गरिएको भन्दै यसलाई सार्वजनिक बिदाका रूपमा नबुझिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स