22.6 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

घोराही उपमहानगरपालिकामा फोहोरबाट ग्याँस उत्पादन

दाङ । दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो । कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ ।

‘प्लान्टमा गल्ने फोहोर नै कम राखिएकाले कम ग्याँस उत्पादन भएको हो,’ ग्याँस प्लान्टका म्यानेजर हरिशहरण श्रेष्ठले भने, ‘केही महिनामै क्षमता बढाएर उत्पादन वृद्धि गर्छौं ।’ घोराही उपमहानगरपालिकाबाट दैनिक उठ्ने ९गल्ने० फोहोरबाट ग्याँस उत्पदान हुने कम्पनीले जानकारी दिएको छ । प्लान्टबाट उत्पादन भएका ग्याँसलाई पाइपलाइनबाटै घर–घर पुर्‍याइने लक्ष्य रहेको प्लान्टका म्यानेजर श्रेष्ठले बताए । उनका अनुसार पहिलो चरणमा सात सय ५० घरधुरीमा पाइपलाइनबाटै ग्याँस पुर्‍याउने भनेर सर्भे गरिएको छ । जसअनरुप फोहोरबाट उत्पादीत ग्याँस सर्रादेखि नारायणपुरसम्म पुर्‍याइने भनिएको छ ।

अहिले भने ग्याँस उत्पादन सुरु गरिए पनि पाइपलाइनबाट घर घरमा ग्याँस पुर्‍याउन सकिएको छैन । पाइपलाइन जडान कार्यमा ढिलाइ हुँदा यसले पूर्णता पाउन नसकेको हो । भारतबाट आवश्यक पर्ने पाइप आए लगतै घर–घरमा पाइपलाइनबाट ग्याँस पुर्‍याउने कामले अघि बढ्ने म्यारनेजर श्रेष्ठले बताए । कोरोना महामारीका कारण निर्माण कार्य केही ढिला भएको उनको भनाइ छ ।

फोहोरबाट ग्याँस उत्पादन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, नेपाल ऊर्जा विकास कम्पनी र घोराही उपमहानगरपालिकाबीच त्रिपक्षीय सहकार्यमा प्लान्ट निर्माणका २० वर्षको सम्झौता भएको छ । सम्झौता अनुसार २० वर्ष पछि संरचनासहित सबै पूर्वाधार घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्नेछ । २० वर्षका लागि कम्पनीले नगरपालिकालाई ५ प्रतिशत रकम दिने गरी सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । पालिकाले फोहोरबाट ग्याँससँगै कम्पोष्ट मलसमेत उत्पादन गरिने बताएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स