24.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

घुससहित वडासचिव पक्राउ

काठमाडौँ । ३५ सय घुस रकमसहित वडा सचिव पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित पक्राउ गरेको हो ।

जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

सेवाग्राहीले दिएको सूचनाको आधारममा आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उक्त घुसबापत‍्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स