23.6 C
Kathmandu
Wednesday, August 13, 2025
spot_img

पुल बनेपछि खजुरा गाउँपालिकावासीमा खुशियाली

बाँके । बाँकेको खजुरा गाउँपालिका वडा नं ७ सिन्दुरेस्थित जेठी नालामा स्टील ट्रस पुल निर्माण भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन् । काठको पूलबाट जोखिमपूर्ण यात्रा गर्दै आएका तल्लो लुन्द्रीवासीले अब जेठी नालामा दुःख झेल्नुपर्ने दिनको अन्त्य भएको स्थानीयवासी पूर्णिमा सुनारले बताउनुभयो ।

हिउँदको समयमा समस्या नभए पनि वर्षात्को समयमा नालामा बाढी आउँदा पुल बगाउने र भत्किने जोखिमबीच यात्रा गर्नुपर्ने अवस्था अब हटेको उहाँको भनाइ छ । पुल बनेपछि बालबालिका विद्यालय पठाउँदा र खजुरा बजार आवत–जावत गर्न अब धेरै सजिलो भएको छ ।

खजुरा–७ सिन्दुरेस्थित जेठी नालामा काठको पुलबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने स्थानीयको बाध्यतालाई मध्यनजर गर्दै गाउँपालिकाले तल्लो लुन्द्री जोड्ने पुल निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

पुल बनेपछि स्थानीयवासीले गाउँपालिका सरकारको अनुभूति गर्न पाएको खजुरा–७ का अध्यक्ष अतिउल्ला खानले बताउनुभयो ।

उपभोक्ता समितिमार्फत रु २८ लाख ३४ हजार ६०७ लागतमा पुल निर्माण सम्पन्न भएको गाउँपालिकाका योजना प्रमुख तथा सूचना अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स