19.7 C
Kathmandu
Thursday, August 14, 2025
spot_img

उपत्यकामा निजी तथा भाडाका सबै सबारी जोर बिजोर प्रणलिमा

काठमाडौं। कोरोना सङ्क्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा शुक्रबारदेखि जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी सार्वजनिक र निजी सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा शुक्रबार राति १२ बजेदेखि जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन गर्नुपर्ने छ ।

यस्तै आजदेखि सार्वजनिक स्थान जाँदा कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ । यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स