25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

निर्धारित समयमै निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

काठमाडौं । स्थानीय तहको निर्वाचन निर्धारित समयमै गर्न सत्ता गठबन्धनका सबै दलहरु सहमत भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो।

सबै दलका नेताहरू संविधानअनुसार समयमै स्थानीय चुनाव गर्न राजी भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनले भने, ‘सबै दलका नेताहरुले संविधान अनुसार निर्वाचन गराउनुपर्ने कुरा राख्नुभयो। त्यसमा सहमति बनेको छ। अब बिहिबार बस्ने गठबन्धनको बैठकले मिति सिफारिस गर्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच सोमबार भएको भेटवार्तापछि आजका लागि राजनीतिक समन्वय समितिको बैठक तय भएको थियो। सरकार सञ्चालनमा सहयोगका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरिएको राजनीतिक समन्वय समितिमा कांग्रेसबाट कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सदस्य छन्।

त्यस्तै राष्ट्रिय जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल पनि समितिमा सदस्य छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स