24.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

राष्ट्रियसभा निर्वाचनका लागि मतपत्र छपाई सकियो

काठमाडौं । निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको जनाएको छ । निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले निर्वाचनमा प्रयोग हुने मतपत्र छपाइको काम सकिएको जानकारी दिनुभयो । निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने उहाँले बताउनुभयो ।

‘सेतो पानामा हरियो रंग र विवरण भएको एक खालको छ । जुन प्रदेश सभाका सदस्यहरुले मतदान गने तरिकाले छपाइ भएको छ । त्यस्तै, अर्को निर्वाचन मण्डलका अर्का स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख मतदाता हुने भएको हुँदा उहाँको लागि रातो मसिका विवरण र चिन्ह भएको मतपत्र गरि दुई प्रकारका हरियो र रातो मतपत्र छापिएको छ ।,’ उहाँले भन्नुभयो ।

त्यस्तै, मतदान केन्द्रमा पनि स्टिकर र केन्द्र पनि फरक–फरक रहने छ । ‘प्रदेश सभाका लागि हरियो मतपत्र प्रयोग गर्ने केन्द्र र लाइन छुट्टै हुन्छ,’ उहाँले भन्नुभयो, ‘स्थानीय तहका मतदाताहरुको लागि रातो रंगको मतपत्र, छुट्टै मत पेटिका र लाइन हुन्छ ।’ यसरी प्रत्येक ठाउँमा छुट्टा–छुट्टै मत पेटिका र लाइनको व्यवस्था गरिएको छ ।

निर्वाचनका लागि चार किसिमका समूह अनुसार मतपत्र छापिएको छ । ‘महिला, दलित, अपाङ्ग, अल्पसङ्ख्यक र अन्य गरेर चार किसिमको क्लस्टर रहेको उहाँले बताउनुभयो । यी अनुसार जुन प्रदेशमा जुन क्लस्टर पद रिक्त हुने हो, त्यहि क्लस्टर र त्यहि पदको लागि निर्वाचन हुने हुँदा मतपत्र तयार गरिएको छ,’ उहाँले भन्नुभयो, ‘जस्तै, प्रदेश १ मा तीन वटा क्लस्टरका पद रिक्त हुने भएको हुँदा तीन क्लस्टरको निर्वाचन हुने हुँदा मतपत्र पनि तीन क्लस्टर र दुई–दुई वटा रफ गरि प्रदेश १ का लागि छ प्रकारका मतपत्र राखिन्छ । प्रदेश २ मा, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरश्चिम प्रदेशमा पनि त्यहि अनुसार मतपत्र तयार गरिएको छ ।’ यद्यपी, माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सातै प्रदेशमा कूल २०२५ मतदाता छन् ।

यी मतपत्र माघ ४ गते अर्थात् मंगलबारदेखि निर्वाचन अधिकृतको कार्यालयमा पठाउने काम सुरु हुने छ । माघ ७ गतेभित्र सबै निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पठाइसक्ने आयोगले जनाएको छ । त्यस्तै मतपत्र पठाइसकेपछि मतदान केन्द्रमा खटिने कर्मचारीको छनोट र अभिमुखीकरण गरिने उहाँले बताउनुभयो । निर्वाचन माघ १२ गते बिहान ९ देखि ३ बजेसम्म मतदान हुने छ । मतदान सकिए लगत्तै मतगणना सुरु गरेर मतपरिणाम आउने तरिकाले व्यवस्था भएको उहाँले बाउनुभयो ।

प्रदेश १ मा तीन, प्रदेश २ मा दुई, बागमती प्रदेशमा दुई, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा तीन, कर्णाली प्रदेशमा तीन र सुदूरश्चिम प्रदेशमा तीन गरी १९ रिक्त सदस्य पदका लागि माघ १२ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स