25.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

डब्लुएचओको चेतावनी: ओमिक्रोनलाई हल्का रुपमा नलिनु

काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट तीव्र रुपमा फैलिरहेको बताएको छ । यसका कारण तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमणले विश्वभरका स्वास्थ्य सेवामा दबाब बढेको डब्लुएचओका प्रमुख डाक्टर टेड्रोस गेब्रेयससले बताएका छन् ।

जेनेभामा भएको एक पत्रकार सम्मेलनमा टेड्रोसले चेतावनी दिँदै भनेका छन् कि ओमिक्रोनले हुने रोग डेल्टा भेरियन्टभन्दा कम गम्भीर देखिन सक्छ तर यसलाई हल्का रूपमा लिनु हुँदैन ।

उनले भने, ‘ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा कम खतरनाक त देखिन्छ, विशेषगरी खोप लगाइएकाहरूका लागि । तर यसको अर्थ यसलाई हल्का भन्नु पटक्कै होइन । पहिलेका भेरियन्टजस्तै ओमिक्रोनका संक्रमितहरु पनि अस्पतालहरूमा भर्ना भइरहेका छन् ।’

यसपटक कोरोना संक्रमणको ‘सुनामी’ तीव्र गतिमा बढ्दै गएकाले स्वास्थ्य सेवामा दबाब बढिरहेको उनले बताए । विश्वभरका अस्पतालहरूमा अहिले भीड बढिरहेको छ।

अमेरिकामा तीव्र गतिमा फैलिरहेको यो भेरियन्ट भारतमा पनि रातारात दोब्बर तेब्बर गतिमा बढिरहेको छ । सोमबार अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओका अनुसार पछिल्लो हप्तामा विश्वभर ७१ प्रतिशतले सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको र अमेरिकामा यो सङ्ख्या १०० प्रतिशत रहेको छ ।

सीमा जोडिएको हुनाले नेपालमा पनि यसको असर देखिन थालेको छ, पछिल्लो समय नेपालमा पनि संक्रमण पुनः बढिरहेको छ

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स