23.4 C
Kathmandu
Friday, August 15, 2025
spot_img

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम यस वर्षकै कम मापन

काठमाडौं । काठमाडौं उपत्यकामा आज अघिल्लो दिनको तुलनामा चिसो बढेको छ । आज बिहानको न्यूनतम तापक्रम यस वर्षकै कम मापन भएकाले चिसो बढेको महसुस भएको हो ।

काठमाडौं उपत्यकामा आज बिहान ५ः४५ मा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस रेकर्ड भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु वासीले जानकारी दिइन् । यो यस वर्षकै कम न्यूनतम तापक्रम हो । मौसमविद वासीका अनुसार शनिबार न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस थियो । काठमाडौं उपत्यकामा जस्तै अन्य ठाउँमा पनि चिसो बढेको उनले बताइन् ।

न्यूनतम र अधिकतम तापक्रम कम हुँदा चिसो बढ्छ । आकाश खुल्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । यस्तो अवस्थामा चिसो महसुस हुन्छ । केही दिनयता काठमाडौंमा बिहान र बेलुकाका समयमा चिसो बढेको महुसस भइरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स