30.4 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

“खार्पा चेलीबेटि पुराण तथा महोत्सव स्मारिका २०८१” विमोचन (फोटो फिचर)

काठमाडौ । “खार्पा चेलिबेटि पुराण तथा महोत्सव स्मारिका २०८१” को सार्वजनिकरण गरिएको छ । खोटाङ जिल्लाको रावाबेशि गाउँपालिका–२ खार्पामा जन्म भइ हाल विभिन्न स्थानमा रहेका छोरिचेलिहरु समावेश रहेको ‘खार्पा चेलिवेटि समुह’को आयोजनामा एक औपचारिक कार्यक्रमका बिच उक्त स्मारिकाको विमोचन गरिएको हो ।

कार्यक्रमका सभाध्यक्ष विमला पोखरेल दाहाल, प्रमुख अतिथि तथा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, विशिष्ट अतिथिहरु भोजराज पोखरेल तथा पद्मप्रसाद पोखरेल लगायतले सामुहिक रुपमा उक्त स्मारिकाको विमोचन गर्नुभएको थियो ।

स्मारिकामा खार्पामा विं.सं. २०८० चैत्र २७ गते देखि २०८१ वैशाख ३ गते सम्म आयोजना भएको खार्पा पुराण तथा महोत्सवका गतिविधि, अनुभव, अनुभव तथा अनुभुति एवम् खार्पाको भौगोलिक तथा एैतिहासिक, शैक्षिक, सांस्कृतिक, साहित्यिक आदि विषयवस्तु समेटिएको छ ।

कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत विशिष्ट व्यक्तीहरुको उल्लेख्य उपस्थीति रहेको थियो भने व्यक्तीहरुलाई सम्मान पत्र पनि वितरण गरिएको थियो ।

 

प्रतिक्रिया

हेडलाइन्स