23.3 C
Kathmandu
Tuesday, August 12, 2025
spot_img

प्रतिनिधिसभाका उम्मेदवारले ३३ र प्रदेशसभा उम्मेदवारले अधिकतम २३ लाखसम्म खर्च गर्न पाउने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष निर्वाचनको खर्च सीमा तोकिएको छ । निर्वाचन आयोगले प्रतिउम्मेदवार खर्च सीमा तोकेको हो ।

आयोगले दिएको जानकारी अनुसार प्रतिनिधिसभा निर्वाचनका प्रत्यक्ष तर्फका उम्मेदवारले कम्तिमा २५ लाख र बढीमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् । आयोगले निर्वाचन क्षेत्र तोकेर खर्च सीमा कायम गरेको छ ।आयोगका अनुसार सबैभन्दा कम अर्थात २५ लाख रुपैयाँसम्म खर्च गर्न पाइने निर्वाचन क्षेत्रमा काठमाडौंका ५ निर्वाचन क्षेत्र छन् । काठमाडौंका निर्वाचन क्षेत्र नम्बर १,३,६,७ र ८ का उम्मेदवारले २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने छन् ।

प्रतिउम्मेदवार २७ लाख रुपैयाँ खर्च गर्न पाइने निर्वाचन क्षेत्रको संख्या १७ छ । यस्तै, ६७ निर्वाचन क्षेत्रका उम्मेदवारले प्रतिउम्मेदवार २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् भने ५४ निर्वाचन क्षेत्रका उम्मेदवार ३१ लाख रुपैयाँ र बाँकी २६ निर्वाचन क्षेत्रका उम्मेदवारले ३३ लाख रुपैयाँ खर्च गर्न पाउने छन् ।

यस्तै आयोगले प्रदेशसभा निर्वाचनको लागि पनि खर्च सीमा तोकेको छ । जसअनुसार न्यूनतम खर्च सीमा १५ लाख रुपैयाँ र अधिकतम सीमा २३ लाख रुपैयाँ छ । आयोगका अनुसार प्रदेशसभाका ७० निर्वाचन क्षेत्रका उम्मेदवारले प्रतिउम्मेदवार १५ लाख रुपैयाँ खर्च खर्च गर्न पाउने भएका छन् । यस्तै, १४३ प्रदेशसभा निर्वाचन क्षेत्रका उम्मेदवारले प्रतिउम्मेदवार १७ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् भने ५६ निर्वाचन क्षेत्रका उम्मेदवारले १९ लाख र २९ निर्वाचन क्षेत्रका उम्मेदवारले प्रतिउम्मेदवार २१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् ।

आयोगका अनुसार प्रदेशसभाका बाँकी रहेका ३२ निर्वाचन क्षेत्रका उम्मेदवारले २३ लाख रुपैयाँसम्म खर्च गर्न पाउने भएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स