काठमाडौं । राष्ट्रीय प्रजातन्त्र पार्टिको भातृ संगठन युवासंघले सरकारविरुद्ध प्रदर्शन गरेको छ । बुधबार दिउँसो संघीयता खारेजी, हिन्दू राष्ट्र र राजसंस्था पुनर्स्थापना, नागरिक विधेयक खारेजी, भ्रष्टाचार नियन्त्रण, मुल्य वृद्धि नियन्त्रण लगायतका माग राखि माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन ।
विरोध प्रदर्शनमा सहभागीहरुले निधारमा कालो पट्टी बाधेका थिए । उनीहरुले माइतीघरदेखि बबरमहलसम्म र्याली निकालेर प्रदर्शनमा उत्रेका हुन् । प्रदर्शनमा प्रदर्शनकारी हरुले हिन्दु राष्ट्र कायम गर्नुपर्ने, राजसंस्था स्थापना हुनुपर्ने, संघीयता खारेज हुनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, पूर्ण समानुपातिक निर्वाचन पद्धति कायम गर्नुपर्ने लगायतका नारा लगाएका थिए ।
राप्रपाले यी माग राख्दै गत असार १ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको थियो । तर आफूहरुको माग सम्बोधन नभएको भन्दै सडक आन्दोलन सुरु गरेको हो ।